स्वास्थ्य

छिन्नमस्ता अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन

नविन यादव /
राजविराज , ३१ वैशाख ।
सप्तरीको राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालले कोभिड -१९ का बिरामीहरुलाई मध्यनजर गर्दै बिहीबारबाट एचडियु सहितको ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको अध्यक्षतामा यहीँ वैशाख २३ गते बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको निर्णय बुँदा नंं. ४ अनुसार सप्तरीको निजि छिन्नमस्ता अस्पतालमा कोभिड –१९ आइसोलेसन केन्द्र बनाइएको अस्पतालका संयोजक दिपेन्द्र यादवले बताउनुभयो ।
आईशोलेसन कक्षमा एचडियु सहितको २० बेडमा अक्सिजन समेत रहेको, आइसियु कक्षमा अक्सिजन सहित ४ बेड भएको, जेनेरल रूममा अक्सिजन सहित २६ बेड तथा महिला र पुरुषको लागि छुट्टाछुटै ४ वटा शौचालय सहितको सुविधा रहेको आईशोलेसनका इन्चार्ज मनु झाले जानकारी दिनुभयो ।
उहाँले गएराति देखि नै कोभिडका बिरामीहरूलाई भर्ना गराउदै आएको जानकारी दिनुभयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page