स्वास्थ्य

थप ८ हजार ५२० जनामा कोरोना संक्रमण ,६ हजार १३५ सङ्क्रमणमुक्त ,२ सय ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२० हजार ९ सय ४८ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ४६७ जना र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३९ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ६ हजार १ सय ३५ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।
यस्तै आज थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४ हजार ६६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा १ लाख ७ हजार ३३६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page