स्वास्थ्य

नेपालमा आज ५ हजार ४८८ जना संक्रमण मुक्त , ८ हजार १ सय ६७ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
शनिबार १७ हजार ९ सय ७१ नमुनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ जना तथा ५ सय ७७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
यस्तै ५ हजार ४ सय ८८ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।
आज थप १ सय ८७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
देशभरमा गरी जम्मा १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page