समाज

कञ्चनरुपका दुई सहित सप्तरीमा कोरोना संक्रमणका कारण थप चार को मृत्यु

कञ्चनरुप (सप्तरी) । कञ्चनरुपका दुई सहित सप्तरीमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं. –८ का ३२ वर्षीय पुरुष र वडा नम्बर ९ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कञ्चनरुप ८ का पुरुषको नोबेल शिक्षण अस्पतात विराटनगरमा र वडा नं. ९ का ६५ वर्षीय पुरुषको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
त्यस्तै सप्तकोशी र राजविराज नगरपालिकाका १/१ जना संक्रमितको पनि मृत्यु भएको छ । सप्तकोशी ५ का ६० वर्षीय पुरुषको उपचारको लागि पठाउने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ भने राजविराजका एक जनाको राजविराजमै मृत्यु भएको निमित्त प्रमुख यादवले बताउनुभयो ।
यो सहित सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page