कोशी प्रदेश समाज

हलेसी तुवाचुङबाट भरुवा बन्दुक सहित ४ जना पक्राउ

खोटाङ, जेष्ठ २ गते । प्रहरीले खोटाङको हलेसी तुवाचुङबाट भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका ११ का ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिक रहेका छन् ।
उनीहरुलाई हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित पक्राउ गरिएको हो ।
बिशेष सूचनाको आधारमा शनिबार राती १० बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक ३ थान, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरु सहित नियन्त्रणमा लिएको छ । त्यस्तै बिकलाई भरुवा बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पक्राउ परेका चार जना उपर जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page