स्वास्थ्य

कञ्चनरुप नगरपालिकामा एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि ;वडा ८ मा १२ जना संक्रमित

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा ३६ जनाको पिसिआर परीक्षण गरिएकोमा ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा सबैभन्दा बढी वडा नं. ८ मा ४ जना महिला सहित १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा कञ्चनरुप -८ का २२, २४, ५६, ४९, २४, ३६, ६९ र ७० वर्षीय पुरुष तथा ६४, २२, ७५ र ४८ वर्षीया महिला , वडा नम्बर -१२ का ५२, १७, ५०, ५५, १६, १५ र ३३ वर्षीय पुरुष तथा ४० र ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको कञ्चनरुप सिआइसिटि टिमका संयोजक विकास गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी कञ्चनरुप -११ का ३० र २५ वर्षीय पुरुष तथा २२ र ३६ वर्षीया महिला, वडा नं. -२ का ५६ र २६ वर्षीय पुरुष, वडा नं. -६ का ४८ वर्षीय पुरुष, ४२ वर्षीया महिला, वडा नं. -९ का २२ र २७ वर्षीय पुरुष तथा वडा नम्बर -७ को उमेर नखुलेको एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमण हुनेको संख्या १ सय ५७ पुगेको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै आजै यस नगरपालिकाका दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यो सँगै कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमणका कारण ७ जनाको ज्यान गइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page