समाज

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

कञ्चनरुप (सप्तरी) । सप्तरी प्रहरीले जन्मकैद भई फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साबिक प्रश्वनी गाविस वडा नं. ९ हाल अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नंं ४ बस्ने नन्दी सदाको छोरा कारी सदा मुसहर रहेका छन् ।
देवनारायण मण्डलको जाहेरीका आधारमा २०५१ फागुन २० गते सोही ठाउँका जोगेन्द्र मण्डललाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सम्मानित सप्तरी जिल्ला अदालतको मिति २०५४।१०।२२ गते र सम्मानित पुनरावेदन अदालत राजबिराजको मिति २०५७।०२।१६ गते र सम्मानित सर्वौच्च अदालतको मिति २०६२।१२।०७ गतेको फैसलाले जन्म कैद (२०बर्ष) कैद ठहर गरिएको थियो ।
प्रतिवादी कारी सदालाई २०७८ जेष्ठ ०२ गते घर गाउँमा लुकीछिपी बसेको अवस्थामा खटी गएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।
सदालाई सप्तरी जिल्ला अदालतमा आज उपस्थित गराइ निज प्रतिवादीलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page