समाज

निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसले पक्राउ

राजविराज । प्रहरीले निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६ जना मदिरा पसलेलाई आज पक्राउ गरेको छ ।
सप्तरी प्रहरीले दिएको जानकारी अनुसार राजबिराज नगरपालिका, बिष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने ६ जना मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको छ । उनीहरुलाई संक्रमण ऐन अन्तर्गत कारवाही प्रकृया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।
निषेधाज्ञालाई उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिड्ने, अनाधिकृत रुपमा भिंडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित कृयाकलाप गर्ने २ हजार ६ सय ४८ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना गरिएको छ । कोरोना भाईरसको रोकथाम एंव संक्रमण नियन्त्रणका लागि प्रहरीले निषेधित कार्य गर्नेलाई नियन्त्रणमा लिई प्रहरी कार्यालय वा निश्चित स्थानमा होल्ड गराउँदै आएको छ ।
निषेधाज्ञाको परिपालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जिल्लाभरी परिचालित गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page