स्वास्थ्य

आज ५ हजार ७६७ जना कोरोना सङ्क्रमणमुक्त, ९ हजार २४७ जना संक्रमित ,२१४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोनाबाट ९ हजार २ सय ४७ जना संक्रमित भएका छन् । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।
२१ हजार ६ सय ५३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ हजार १ सय ९८ जना तथा ४ सय ३४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
५ हजार ७ सय ६७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।
आज कोरोना सङ्क्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा १ लाख १३ हजार ४ सय ८० सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page