समाज

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको निधन

कञ्चनरुप (सप्तरी) । सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण ३७ वर्षको अल्पायुमै आज बिहान निधन भएको छ ।
उहाँको विराटनगर स्थित विराट नर्सिङ होम अस्पतालमा मंगलवार विहान ४ वजे निधन भएको हो ।
दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गर्भवती समेत रहनुभएको उहाँलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका एक सदस्यले जानकारी दिनुभएको छ । १० दिनअघि अस्पताल भर्ना हुनुभएको उहाँलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो ।
तीन दिन अघि मात्रै उहाँको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो ।
मृतक चौधरीका पति र एक छोरा छन् । उहाँ नेकपा एमालेबाट स्थानिय चुनावमा उप–प्रमुख पदमा विजयी हुनुभएको थियो ।

योसहित सप्तकोशीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page