समाचार

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, ३४ ढोका खोलियो

कञ्चनरूप, २१ साउन । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै खतराको तहमा पुगेको छ। प्राप्त पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा प्रतिक्षण २ लाख ४८ हजार ८६५ क्युसेक पानीको बहाव मापन गरिएको छ।

पानीको सतह बढ्दो क्रममा रहेको (राइजिङ ट्रेन्ड) जनाइएको छ। बढ्दो बहावलाई सुरक्षित रूपमा निकास दिन हाल ३४ वटा ढोका खोलिएको सम्बन्धित निकायले जनाएको छ।

नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक रूपमा नदी किनार र जलप्रवाह क्षेत्रमा नजान आग्रह गरिएको छ। सम्बन्धित निकायले कोशी नदीको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

   

You cannot copy content of this page