स्वास्थ्य

नेपालमा ६ हजार ८९१ जना संक्रमणमुक्त, ८ हजार २०३ जनामा कोरोना संक्रमण, १९६ जनाको मृत्यु ,

काठमाडौं । नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
यसैगरी आज कोरोनाबाट निको हुनेको संख्या ६८९१ रहेको छ । यो सँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ ।
यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ हजार ४ सय ११ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page