स्वास्थ्य

एकै दिन ७ हजार ९८९ जना संक्रमणमुक्त, ८ हजार १७३ जना संक्रमित थपिए,२४६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ ।
यस्तै ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६० हजार ४ सय ०३ पुगेको छ ।
यस्तै २ सय ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page