कञ्चनरुप (सप्तरी) , ५ जेठ । सप्तरीको कञ्चनरुपमा पोखरीमा डुबेर दुई जना किशोरीको मृत्यु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोल नजिक रहेको पोखरीमा डुबेर सोही ठाउँका इन्दल सरदारकी १२ वर्षीया छोरी रोशनी सरदार र रामकृष्ण सरदारकी २० वर्षीया छोरी कुन्ती सरदारको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नुहाउन गएका किशोरीहरु पोखरीमा डुबेपछि स्थानीयहरुले थाहा पाएर परिवारका सदस्यलाई खवर गरेका थिए । उनीहरुलाई तत्काल पोखरीबाट निकालेर कञ्चनरुप–१२ स्थित रहेको धर्मेश्वर अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले ती दुवै जना किशोरी मृत भइसकेकोले भर्ना लिएन् ।
उनीहरुको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment