समाज

सप्तरीको रुपनीमा करेन्ट लागेर २४ वर्षीया अमृताको मृत्यु

कञ्चनरुप (सप्तरी) , ८ जेठ । सप्तरीको रुपनीमा करेन्ट लागेर २४ वर्षीया महिलाको मृत्यु भएको छ ।
आफ्नै घरमा जडान रहेको टिभीको स्वीच अन गर्ने क्रममा शुक्रबार राती ८ः२५ मा करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दियाका सन्तोष यादवकी २४ वर्षीया श्रीमती अमृता यादवको मृत्यु भएको हो ।
उनी घरमा जडान रहेको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाइते भएकी थिइन् । घाइते अमृतालाई उपचारको लागि नजिकै रहेको युनिक अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page