स्वास्थ्य

आज ७ हजार २२६ जना निको भए, ६ हजार ९३९ जनामा संक्रमण ,१०६ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा आज थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ ।
२० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनमा संक्रमण पुष्टि भएको हो ।
थप ७ हजार २२६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ४ लाख १८ हजार ८२९ पुगेको छ ।
कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page