स्वास्थ्य

सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

साँकेतिक तस्बिर

कञ्चनरुप , जेठ १५ गते । सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
जिल्लाको सप्तकोशी नगरपालिका ९ का ७७ वर्षीय पुरुषको होम आइसोलेसनमा शुक्रवार मृत्यु भएको छ । उनमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १० की ७० वर्षीया महिलाको पनि होम आइसोलेसनमा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनमा जेठ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page