उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी), २८ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–८ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरले आज (शुक्रबार) बाट सर्प दंशक उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ ।
सर्पदंशक उपचार केन्द्र सञ्चालन गर्नका लागि कञ्चनरुप नगरपालिकाबाट २०७७ साल चैत्र ९ गते स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निवेदन दिएको थियो ।
महाशाखाले निवेदन उपच आवश्यक अनुगमन गरी सर्पदंशक उपचार केन्द्र स्थापना सम्बन्धि मापदण्ड २०७७ को दफा ६ बमोजिम मिति २०७८ जेठ २८ गते देखि मिति २०८२ जेठ २७ गते सम्मको लागि सर्पदंशक उपचार केन्द्र सञ्चालनको लागि अनुमति प्रमाणपत्र प्रदान गरेको स्वास्थ्य शाखा कञ्चनरुपका सह–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताउनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशकको उपचार केन्द्र उपचारका लागि विभागबाट अनुमति प्राप्त भएपछि अब चाडैं उद्घाटन गरी सेवा प्रदान गरिने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/193857272_1172549113185459_4804002633855775234_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/193857272_1172549113185459_4804002633855775234_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment