कोशी प्रदेश समाज

उर्लाबारीबाट प्रतिबन्धीत औषधी सहित एक युवक पक्राउ

विराटनगर, जेष्ठ २९ गते । मोरङको उर्लाबारी नगरपालिका १ का २१ बर्षीय सुमन दमाई प्रतिबन्धीत औषधी सहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राती ९ बजे उर्लाबारी ६ स्थित पूर्व बसपार्क नजिकबाट पक्राउ गरेको हो ।
उनलाई प्रतिबन्धीत औषधी ट्यामाडोल १ सय ७० क्याप्सुल र स्पास्पेन २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page