स्वास्थ्य

युएनडिपीद्वारा कञ्चनरुप नपालाई ८ लाख बराबरको वायोमेडिकल अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , २९ जेठ ।
युएनडिपीले आज शनिवार सप्तरीको कञ्चनरुप नगरपालिकालाई ८ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
युएनडिपिका प्रदेश नम्बर १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले करिब ८ लाख मूल्य बराबरको १० लिटरको ४ थान वायोमेडिकल अक्सिजन कन्सन्ट्रेटर कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रलाई हस्तान्तरण गर्नुभएको स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी गराउनुभयो ।
कोभिड–१९ बाट संक्रमित बिरामहिरुलाई अक्सिजनको कमि हुननदिनका लागि युएनडिपिले चार थान अक्सिजन सहयोग गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page