समाज

कञ्चनरुप नगरपालिकामा जारि निषेधाज्ञा पून एक साता बढाइयो

कञ्चनरुप , असार १ गते । कञ्चनरुप नगरपालिकामा जारि निषेधाज्ञा पुन एक साता बढाइएको छ ।
कोभिड १९ कोरोना भाईरसको दोश्रो भेरियन्टको संक्रमणबाट सप्तरी जिल्ला भरीको नगरपालिका मध्ये कञ्चनरुप नगरपालिका सबैभन्दा बढी संक्रमित भई मृत्यु हुने संख्या समेत बढीसकेकोले रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले एक सूचना जारी गर्दै पून एक साता निषेधाज्ञा बढाएको नगर प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।
सप्तरी जिल्ला संकट व्यवस्थापन समितिको जेष्ठ ३१ गतेको निर्णय अनुसार आज देखि लागु हुने गरि अर्को सूचना प्रकाशित नभएसम्मको लागि नगर क्षेत्रभित्रका हाट बजार, पसल, गुद्री, होटल, रेष्टुरेन्ट, मदिरा पसल, जिम हल, शैलुन, ब्यूटिपार्लर, सिनेमा हल, स्कूल, कलेज, सभा सम्मेलन तथा मानिसको बढी जमघट हुने वाहेक बजार दिनको ४ बजे देखि ७ बजेसम्म खुल्ला गर्ने । उल्लेखित समयमा बजार पसल खोल्दा प्रत्येक पसलवालाले तथा ग्राहकले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने तथा पालना नगर्ने पसलधनी तथा ग्राहक दुबैलाई कानून अनुसार कारवाही हुने, नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाबाट अति आवश्यक कार्य सेवा वाहेक सम्पूर्ण सेवा, बैंक तथा वित्तिय संघ संस्थाहरु स्वास्थ्यको मापदण्ड पालना गरी विहान १० बजे देखि १ बजेसम्म सेवा प्रदान गर्ने, मालपोत कार्यालय, नापी कार्यालय, विद्युत प्राधिरकरण पुर्वबत निर्णयानुसार नै बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
संक्रमित व्यक्तिहरु निजका परिवारका अन्य सदस्यहरु समेत स्वास्थ्यका मापदण्डका उपायहरु अवलम्वन गरी आफ्नो घरदरवाजा शिल राखी कोभिड १९ कोरोना भाईरस संक्रमणलाई रोकथाम गर्न सहयोग गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।
साथै नगरपालिकाले संक्रमण फैलिन नदिन सतर्कता अपनाउन सम्पूर्ण नगरबासीलाई हार्दिक अपिल समेत गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page