समाज

हातमुख जोर्न गाह्रो भएका २५ अतिविपन्न परिवारलाई राहत वितरण

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ५ असार ।
अन्तराष्ट्रिय मिथिला कला संस्कृति समाज दोहा कतारको सहयोगमा कञ्चनरुप नगरपालिका वडा नम्बर २ भजन मण्डली बरमझियाद्वारा लकडाउनका कारण हातमुख जोर्न गाह्रो भएका २५ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
प्रतिनिधि सभाकी साँसद सरिता गिरी यादवको विशेष पहलमा विदेशमा रहनु हुने दाजुभाइहरुको सहयोगमा २५ जना अति विपन्न महिलाहरुलाई चामल, दाल, नून, मास्क, चनाको सातु, चाउचाउ, स्वाइबिन, लुगा धुने र नुहाउने साबुन, आलु सहित राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै साँसद सरिता गिरी यादवले कोरोनाको महामारी छ, लकडाउले गर्दा बाहिर निस्कने अवस्था छैन, गरिब र अतिविपन्न परिवारको चुलो समेत नबलेको दयनीय अवस्था देखेर उनीहरुको सेवा गर्नु आफ्नो प्रमुख कर्तव्य ठानी अन्तराष्ट्रिय मिथिला कला संस्कृति समाज दोहा कतारका साथीहरुसँग सल्लाहगरी उहाँहरुको सहयोगमा २५ जना अति विपन्न महिलाहरुलाई राहत वितरण गर्न सफल भएको बताउँनु भयो ।

समाजसेवी मनभरण चौधरी, बेचन पण्डित, स्वास्थ्यकर्मी राजु पण्डित, कञ्चनरुप नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले मनकारी सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिनुभएको थियो ।
वडा नम्बर २ का वडा अध्यक्ष मेहदी हुसेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page