समाज

सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु ,दुई जना घाइते

कञ्चनरुप (सप्तरी) , ६ असार । सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँका सञ्जीव लौगी रहेका छन ।
उनको बचाइ माझीको घरमा ट्युबवेल जडान गर्दा माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन र उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
करेन्ट लागेको थाहा पाएर छुटाउन जादा बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन ।
मृतको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page