समाज

सर्लाहीमा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीमा फेरि एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन ।
सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्सको मामा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेका मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसअघि बुधबार मात्रै सदरमुकाम मलंगवामा इँटा उद्योगमा खनिएको खाल्डोमा डुबेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page