स्वास्थ्य

सेभ द चिल्ड्रेनद्वारा कञ्चनरुपलाई कोभिड नियन्त्रण तथा सुरक्षा सामाग्री हस्तान्तरण

कञ्चनरुप । सेभ द चिल्ड्रेनले कञ्चनरुप नगरपालिकालाई कोभिड सँगको नियन्त्रण तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार सेभ द चिल्ड्रेनका फिल्ड कोओर्डिनेटर अर्जुन मोक्तानले नगर प्रमुख बसन्त कुमार मिश्रलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो ।
१ लाख ४८ हजार २ सय ६६ रुपियाँ मूल्य बराबरको कोभिड सँगको नियन्त्रण तथा सुरक्षा सामाग्री हस्तान्तरण गरिएको स्वास्थ्य शाखाका स-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले शुद्ध मनले सहयोगको भावना राखी सहयोग गर्ने सेभ द चिल्ड्रेनका सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page