समाज

उदयपुरको बेलका नगरपालिकाबाट एक केजी गाँजा सहित एक महिला पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट एक केजी गाँजा सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ वर्षीया सुजता मग्राती रहेकी छन् ।
अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उनलाई बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।
आइतबार बेलुका ४ बजे दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी प्रहरीले बरामद गरेको हो ।
मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page