आइतबार, ९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ९ कात्तिक २०८३
समाज

मानव अधिकार निगरानी समूहद्वारा बैठक खर्च–विपन्न महिलाको उपचारमा सहयोग

राजविराज , १५ असार । सप्तरीको राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहको बैठकको चियानास्ता खर्च वापत जम्मा भएको पाँच हजार रुपियाँ राजविराज–९ मलेठकी सियावती मेहतालाई उहाँकै घर पुगेर समूहले प्रदान गरेको हो ।
उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताउनु भयो । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उहाँले जानकारी दिनु भयो । उहाँका श्रीमान निगरानी समूहका सदस्य एवम् पत्रकार उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।

गाउँमै सबैभन्दा कमजोर आर्थिक अवस्थामा रहेको उहाँको श्रीमानको मृत्युपछि असहाय बन्नुभएको स्थानीय फुलेश्वरीदेबी मेहताले बताउनु भयो ।
इन्सेक प्रतिनिधी मनोहर पोखरेल र समूहका सहस्यहरुका साथ पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुबर साहले उक्त रकम हस्तान्तरण गर्नुभयो । मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको कार्यक्रम फोकल पर्सन बरुण बस्यालले व्यक्तिगत रुपमा पाँच सय रुपियाँ प्रदान गर्नुभयो ।

इन्सेक सप्तरीको प्रतिनिधीको कार्यालयमा गत असार १० गते बसेको निगरानी समूहको वैठकले सहयोग रकम प्रदान गर्ने निर्णय गरेअनुसार उहाँको घर पुगेर रकम हस्तान्तरण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिनु भयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page