स्वास्थ्य

आधारभूत स्वास्थ्य केन्द्र रघुनाथपुरमा महिला स्वंमसेवीहरुका लागि ३ दिने पूनताजगि तालिम सुरु

कञ्चनरुप, १८ असार । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ ले शुक्रबार आधारभूत स्वास्थ्य केन्द्र रघुनाथपुरमा महिला स्वास्थ्य स्वंमसेवीहरुका लागि ३ दिने आधारभूत पून ताजगि तालिम सुरु भएको छ ।
सो तालिमको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले महिला स्वास्थ्य स्वंमसेवीहरुकाहरुले विपन्न दलित समुदायमा सानै उमेरमा विवाह गर्ने परम्परा रहेकाले सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा नराम्रो असर पर्ने कुराको बारेमा जानकारी गराउनु पर्ने बताउनु भयो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले महिला स्वंमसेवीहरुकाहरु समाजको पहरेदार भएकाले आफ्नो वडामा स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य शाखाका सह(संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले प्रजन्न स्वास्थ्य तथा किशोरीहरुमा देखिने रक्त अल्पता लगायत अन्य समस्याहरुको पहिचान तथा न्यूनिकरण गर्नु, परिवार नियोजन सम्बन्धि ज्ञान तथा धारणामा अभिबृद्धि गर्नु, महिला स्वास्थ्य स्वंयसेविका कोष सम्बन्धि छलफल गर्न तथा कोष परिचालन बारे जानकारी प्रदान गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र कञ्चनरुप ९ रघुनाथपुरका प्रमुख विकास गुप्ता, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडा नम्बर ९ का महिला स्वास्थ्य स्वंयसेविकाहरु सहभागी तालिममा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख विकास गुप्ता र सहरी स्वास्थ्य केन्द्र कञ्चनरुप १२ बस्तिपुरका प्रमुख मुरारी कटुवालले सहजिकरण गर्नुभएको थियो ।
वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page