समाज

लगातारको वर्षाले सप्तकोशी तथा हनुमाननगर नगरपालिकाका ५ सयभन्दा बढी घर डुबानमा

कञ्चनरुप , १९ असार । सप्तरीको विभिन्न पालिकामा लगातारको वर्षा भएपछि ५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
जिल्लाको सप्तकोसी नगरपालिकामा त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा २ सय घर डुबानमा परेका छन् ।
सो नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।

त्यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
सो नगरपालिकाको वडा नम्बर ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरपालिकाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page