स्वास्थ्य

२,९७९ संक्रमित थपिए, थप २८ जनाको मृत्यु, १ हजार ३३३ निको

काठमाडौं । नेपालमा २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०७७ जना र एन्टिजन परिक्षण गर्दा ९०२ जना गरि जम्मा २९७९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ रहेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९२९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ लाख १४ हजार ३२७ जना निको भएर घर फर्किसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page