राजविराज । एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका वडा नम्बर– ३ गोइठीका २२ वर्षीय बेचन भनिने मिथलेश मण्डल धानुकविरुद्ध प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको छ ।
बाह्र वर्षीया बालिकालाई आरोपितले असार १८ गते यौन दुव्र्यवहार गरेको आरोपमा पीडितका अभिभावकले प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितविरुद्ध विहीबार यौन दुव्र्यवहारको मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
पीडितका बुबाले दिएको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताउनु भयो । प्रहरीले अनुसन्धानका क्रममा घटनास्थलको निरीक्षण गर्दा आरोपितको २ वटा सिम भएको भिभो कम्पनीका फुटेको मोबाइल घटनास्थलमा फेला पारेको जनाएको छ ।
पीडित बालिकाको विहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । सगरमाथा आवाज साप्ताहिक
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment