समाज

होस्टेल तथा जिम क्लबमा निर्माण गरिएको धाराको नगर प्रमुख मिश्रद्वारा उद्घाटन

उत्सव आचार्य /
कञ्चनरुप , ४ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित होस्टेल तथा जिम क्लबमा निर्माण गरिएको धाराको सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले धारा निर्माण गर्ने संस्थालाई धन्यवाद दिदै युवाहरु अब समाजको रुपान्तरण गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले युवाहरु देशका कर्णधार भएकाले सकारात्मक सोचका साँथ विकास निर्माण गर्ने कार्यमा लागेमा समाजको मुहार फेरिने समेत बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अभिषेक गुप्ता, कञ्चनरुप नगर कमिटीका अध्यक्ष जैनुदिन मियाँ, सचिव धर्मेन्द्र थापा लगायतका वक्ताहरुले राष्ट्रिय युवा संघले जहिले पनि रचनात्मक काम गर्ने बताउनुभयो ।
राष्ट्रिययुवा संघ नेपाल कञ्चनरुप नगर कमिटीका अध्यक्ष जैनुदिन मियाँको विशेष पहलमा ट्यांकी ,मोटर र कल सहितको १० ओटा धारा जडान गरि निर्माण गरिएको अध्यक्ष मियाँले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page