समाचार

कटारीमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट १९९ किलो ३२० ग्राम गाँजासहित टिपर र चालक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा ९ वटा बोरामा लुकाइ ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

गाँजा बरामद भएपछि प्रहरीले टिपरका चालक सोम मगरलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद गाँजा, टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

   

You cannot copy content of this page