समाचार

मृतक सुवेदीको दशौं पूण्यतिथिको अवसरमा पार्टीद्वारा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

डम्बर राई /
कञ्चनरुप (सप्तरी), साउन ११ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका-१२ चर्खियाकी शशीकला सुवेदीको दशौं पूण्य तिथिको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरुप नगर कमिटी, १२ नम्वर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीले संयुक्त आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन् ।
पार्टीका विभिन्न तह र तप्काका पदाधिकारी, जिम्मेवार, सक्रिय सदस्य, युवा तथा महिला लगायतका बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रिय परिषद सदस्य मनाइ महतोले सुवेदीको निधनले पार्टी र समाजलाई क्षति पुगेको बताउनु भयो ।

पार्टीको कुसल र इमान्दार सदस्यको रुपमा रहेर काम गरेको स्मरण गर्दै कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेता महतोले भन्नुभयो, जन्म मरण प्रकृतीको देन हो तर मरन्त पछि सकरात्मक चर्चा संगै सबै शोकमा परिणत त्यो व्यक्तिको मात्र हुन्छ जसले आफुलाई एउटा निश्चित विन्दुमा निष्पक्ष भावनाले त्यागी भएर लागेको हुन्छ । आज उनै व्यक्तिको शोकमा परिणत हुदै उहाँको सम्झनामा पार्टीप्रति इतिहास सम्बन्ध कायम भएको भन्दै महतोले शोकाकुल परिवारलाई सम्वेदना प्रकट गर्नुभएको छ ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले भन्नुभयो, पार्टी जिम्मेवार वा पार्टीप्रति सक्रिय एवं भुमिका निर्वाह गरेकालाई मरन्तपछि गरिने यस्ता कार्यक्रम त छदैछ तर जीवन्त रहँदै पार्टीले हरेकको रोग, व्याध, बिरामी जस्ता घटना हुँदा ध्यान पुर्याउनु पर्छ । उहाँले नेतृ सुवेदीको निधनले पार्टीलाई अपुर्णियक्षति भएको बताउँनुहुदै पार्टीका कार्यक्रमले मृतक परिवारजनमा सहयोग पुग्नुपर्छ र पार्टीको पूर्ण सहयोग भयो भन्ने सोंच उनीहरुमा आउनुपर्छ । उहाँले सन्दर्भ बदलेर भन्नुभयो, कोभिडको समस्या रहिरहेकोले हरेक टोलबस्तीमा स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्छ र यसका लागि बिषेश गरेर युवाहरुले सहयोग गर्नुपर्छ ।

अहिलेको प्रतिकुल मौसममा रुगा, खोकी, ज्वरो प्राय आउने हुदा नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा जाँच गराइहाल्नु पर्छ यो सन्देशलाई जनसमुदायमा पुर्याउन नगर प्रमुख मिश्रले आग्रह गर्नुभयो ।
बुवा देवी बहादुर खत्री र आमा गीतादेवी खत्रीको कोखबाट २०३५ साल मंसीर १५ गते साविक गाविस रुपनगर वडा नं. ३ स्थित चर्खियामा जन्मीएकी मृतक सुवेदीको गाउँमै सामाजिक परम्रागत राज कुमार सुवेदीसँग विवाह भएको थियो । रुपेश र रोशन दुई छोराहरुकी आमा मृतक सुवेदीको यहि साउन २ गते बिराटनगर स्थित विराट नर्सिङ्गहोममा उपचारको क्रममा निधन भएको थियो । उनलाई ज्वरोले चापेपछि विरानगर पुर्याइएको थियो तर डाक्टरले उनलाई किडनीको समस्या देखाएको मृतकको बुवा खत्रीको कथन छ ।

मृतकका बुवा वडा नम्वर १२ का वडा अध्यक्ष खत्रीको अनुसार लगेकै दिन देखि आइस्युमा राखियो कोभिड देखिएन तर तीनदिन पछाडी रोग पत्ता लाग्यो विरामीको अवस्था अति गम्भिर हुदै गयो एकहप्ता नबित्दै भेन्टिलेटरमै सकियो ।
मृतक सुवेदीले पार्टीको संगठित सदस्य चार बर्ष अगाडी लिइएकी थिइन् ।

नगर कमीटीका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यद्वय भरत महतो, मो. कलिम मियाँ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य संजय पासवान, जिल्ला कमिटी, नगर कमिटी, युवा संघ नेपाल लगायतका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

वडा कमिटी अध्यक्ष दील बहादुर थापा (संतोष) द्घारा संचालित कार्यक्रममा संचारकर्मी उत्तम आचार्यले मृतक सुवेदीको जीवनीको संक्षिप्त परिचय दिनुभएको थियो ।

आयोजित कमिटीका बच्चुलाल चौधरी, युवा संघ नेपाल नगर कमिटीका अध्यक्ष जैनुदिन मियाँ र वडा अध्यक्ष दील बहादुर थापाले संयुक्तरुपमा शोकसन्तप्त परिवारजनलाई सम्वेदना पत्र हस्तान्तरण गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page