कञ्चनरुप , ११ साउन । सप्तरीमा कोशीको बाढीमा आएको दाउरा निकाल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ बस्ने सिताराम मुखियाको ८ वर्षीय छोरा विकास कुमार मुखिया रहेका छन ।
सोमबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित डल्बा मामा गणेश मुखियाको घरमा मामाघर आएका मुखियाको कोशी नदीमा बाढीले ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालकको सव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
कोशीको बाढीमा आएको दाउरा निकाल्ने क्रममा डुबेर एक बालकको मृत्यु











Add Comment