समाज

सप्तरीमा कोरोना संक्रमणबाट ४७ वर्षीया महिलाको मृत्यु

कञ्चनरुप (सप्तरी) , १२ श्रावण । सप्तरीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका की ४७ वर्षीया महिला रहेकी छन् ।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । उनमा असार ३१ गते कोरोना पोजेटिभ देखिएको थियो ।
यो सँगै जिल्लामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ५६ पुगेको छ । सप्तरीमा हाल सक्रिय संक्रमितको संख्या ४५ रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page