एउटा अनौठो कीर्तिमान एकजना महिलाले राखेकी छिन् । उनले सबैभन्दा ठूलो मुख बनाएर गिनिज बुकमा नाम लेखाएकी हुन् ।
अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख खोलेर सबैभन्दा ठूलो भ्वाङ बनाइन् ।सामन्थाले आफ्नो मुख आँ‘ गरेर भीमकाय मुख बनाएको भिडियो इन्टरनेटमा पोस्ट गरिन् । सोही भिडियोले उनलाई संसारकी सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुकमा प्रवेश दियो ।
एकजना गिनिज बुक अफ वर्ल्ड रेर्कड्सका अधिकारीले उनको आँ‘। गराएको मुखको मापन गरे । त्यसक्रममा उनको मुख २.५६ इन्च पाइयो ।पहिले आफ्नो ठूलो मुखका कारण मानिसहरुले आफ्नो मजाक उडाउने गरेकोमा अहिले गिनिज बुकमा नाम लेखाएपछि ठूलो मुख नै आफ्नो लागि गर्वको विषय भएको सामन्था बताउँछिन् ।
उनको मुख यति ठूलो छ कि फ्रेन्च फ्राइजको प्याकेट देखि एउटा सिंगै स्याउसम्म एकै पटकमा क्वाप्पै खान सक्छिन् ।यी कीर्तिमानी मुखधारी महिला सोसल मिडियामा पनि सेलिब्रेटी नै बनेकी छिन् । उनको टिकटकमा १७ लाख फलोअर्स छन् । उनले संसारको सबैभन्दा ठूलो मुख भएका व्यक्ति आइज्याक जोन्सनसँग पनि भिडियो बनाएकी छिन् ।
जोन्सनको मुख ४ इन्च ठूलो छ ।सामन्था भन्छिन् : यो मुख हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यसमाथि हामीलाई गर्व छ । यो हाम्रो महाशक्ति हो । यो त्यो चिज हो जसले हामीलाई विशेष बनाउँछ र सामान्य मानिसहरुभन्दा अलग बनाइदिएको छ । एजेन्सि
अमेरिकाकी ३१ वर्षिया सामन्थाले सबैभन्दा ठूलो मुख बनाएर विश्व कीर्तिमान बनाइन्







