स्वास्थ्य

आज देशभर ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण , ३५ जनाको मृत्यु

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार ११ हजार ३ सय ५४ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ९ सय ७५ जना तथा ४ हजार ९ सय ४४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ३२ जना गरी जम्मा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणबाट आज थप ३५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ५७ पुगेको छ ।
३३ हजार ४ सय ६४ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page