स्वास्थ्य

कञ्चनरुप कुपोषण मुक्त नगर घोषणा हुने, गर्भवती महिलालाई निशुल्क एम्वुलेन्स

डम्बर राई /
कञ्चनरुप (सप्तरी), साउन २० गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले यस नगरपालिकामा कोहिपनि रोगव्याधको शिकार बन्नु नपर्ने बताउँनु भयो ।
स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अभियान अन्तर्गत स्वास्थ्यमा धेरै काम भइसकेको छ उहाँले भन्नुभयो, अब कञ्चनपुरमै प्राय सबै रोगको उपचार हुन्छ । विश्व स्तनपान सप्ताहको अवसरमा बुधवार नगरपालिका बहु क्षेत्रिय पोषण इकाईद्वारा आयोजित सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो ।

चिन्ताजनकरुपमा हामीहरु काम गरीरहेका छौं की यहाँका कोहीपनि मानिसहरु कुनैपनि रोगका उपचारका लागि बाहिर जान नपरोस नगर प्रमुख मिश्रले धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, कुपोषण र कुपोषित पनि एक प्रकारको रोग हो जसको आहार विहार तथा पोषणयुक्त खानपिनको अभावले हुने गर्दछ । यसलाई नियन्त्रण गर्न बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्रीहरु उपलब्ध गराउँदै आएको बताउँनु हुदै नगर प्रमुखले ठिक समयमा खाना खाने र औषधी सेवन गर्न सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, कुपोषण मुक्त नगर घोषणा गर्ने उद्घेश्यका साथ यस्ता कार्यक्रमलाई नगरपालिकाले प्रभावशाली बनाउँदै लगेको हो । गर्भाअवस्थामा स्वास्थ्य चेकजाँच, कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्वुलेन्स भाडा, आईरन चक्किदेखि क्याल्सियम र फोलिक एसिड चक्की समेत निशुल्क वितरण गर्ने गरिएको छ ।

कोभिड -१९ को संक्रमण पून बढन सक्ने सम्भावना रहेको जानकारी दिनुहुदै स्वास्थ्य मापदण्ड अपनाउँन उहाँले आग्रह गर्नुभयो । वडा नम्वर १, २, र ३ का सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण आयोजित कार्यक्रममा नगर प्रमुख मिश्रले एउटा एम्बुलेन्स बरमझियामा रहने उदघोष गर्नुभएपछि यहाँका स्थानियहरु हर्षित भएका छन् ।
प्रत्येक वडाका ३० जना गर्भवती र सुत्केरी आमाहरुलाई घ्यु एक किलो, कुखुराको अण्डा एक कैरेट, हरीयो भटमास एक किलो, पोषिलो पिठो दुई किलो, तरकारी बिउ विजन नौ किसिमको एक पाकेट, सर्जिकल मास्क नोटपिन मेडिकेटेड एक पाकेट, सपकेश प्लाष्टिक एक थान, टुथब्रस एक थान, टुथपेष्ट एक थान, मग एकलिटरवाला एक थान, स्यानिटरी प्याड (१.८) ४ पाकेट, ह्याण्ड सेनिटाइजर (स्प्रेयर) १०० एमएल एक बोतल, क्याल्सियम चक्की ५०० एमजी दुईसय चक्की नगर प्रमुख मिश्रले हस्तान्तरण गर्नुभयो ।

कञ्चनरुप नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख दिवाकान्त चौधरीले हस्तान्तरण गरिएको समाग्रीहरु देखाउँदै समानहरुको बारेमा जानकारी दिनुभएको थियो । यस्तै २ र ३ का वडाअध्यक्ष क्रमश मो, मेहद्वि हुसैन, सत्य नारायण साह र वडा सदस्यद्वय ओम प्रकाश साह, निरन्जन साह, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
स्वास्थ्य शाखा सह-संयोजक डम्बर प्रसाद गुप्ताले सञ्चालन गरेको सो कार्यक्रममा शाखा प्रमुख रामसेवक यादवले बच्चा कुपोषित हुने कारण र कुपोषित भएका बालवालिकाको मनस्थिति पूर्णरुपले कमजोर हुने सम्बन्धमा जानकारी दिनुभएको थियो । दुई बर्ष भित्रका बच्चामा यस्तो अवस्था देखा परेमा बच्चाको मनस्थिति बिग्रन सक्छ त्यसैले गर्भवती अवस्था देखि नै पोषिलो खाना र बेला बेलामा आवश्यक औषधी खानुपर्छ यादवले सुझाव दिनुभयो ।
सप्ताहव्यापी अवसरमा नगरपालिकाले सबै वडामा गरेर तीन सय ६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला हस्तान्तरण गरिने जानकारी दिइएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page