स्वास्थ्य

थप ३ हजार ७२९ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

काठमाडौँ । देशभर आज थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ४ सय ३० जना तथा ६ हजार १ सय ८२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार २ सय ९९ जना गरी जम्मा ३ हजार ७ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ६५ हजार ५ सय ४८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार १९ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३४ हजार ९ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page