स्वास्थ्य

थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि , १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यसैगरी गरी थप १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २ सय ७० जना कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ३५ हजार ४३२ सक्रिय संक्रमित आइशोलेन र ४४३ जना क्वारेन्टाइनमा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page