स्वास्थ्य

थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि , ५५ जनाको मृत्यु

/ २ हजार २९ जना निको भए

काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ नमुनाको पिसिआर परिक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ नमुनाको एन्टीजेन परिक्षण गर्दा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ५५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ ।
त्यस्तै आज २ हजार २९ जना निको भएका छन् । हालसम्म ९३ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
हाल देशभर ३५ हजार ४ सय ८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page