स्वास्थ्य

आज थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि ,२० जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६७ नमुनाको पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ नमुनाको एन्टीजेन परिक्षण गर्दा ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १ हजार ३ सय २० जना निको भएका छन् ।
कोरोना सङ्क्रमणका कारण आज थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ५९ पुगेको छ ।
देशभर ३९ हजार ४ सय ५ सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page