स्वास्थ्य

थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १ हजार ८ सय ६७ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।
देशभर ३९ हजार २ सय ९८ सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page