सप्तरी , १ भदौ । सप्तरीमा पोखरीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्यु भएको छ ।
जिल्लाको खडक नगरपालिका वडा नम्बर ३ मा माछा मार्ने क्रममा स्थानीय बनरझुलाका मन्जय ठाकुर हजामका २१ वर्षीय छोरा सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।
घरदेखि झण्डै १५० मिटर टाढा पश्चिम सत्यनारायण चौधरीको पोखरिमा माछा मार्ने क्रममा डुबेर सख्त घाइते ठाकुरको उपचारको लागि युनिक अस्पताल रायपुरमा ल्याउदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यता मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पोष्टमाटमसका लागि राखिएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीमा पोखरीमा माछा मार्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्यु










Add Comment