स्वास्थ्य

पोखरीमा डुबेर सप्तरीमा पाँच वर्षीया बालिकाको मृत्यु

कञ्चनरुप (सप्तरी) , ३ भदौ । पोखरीमा डुबेर सप्तरीमा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका ४ का सुवन कामैतकी ५ वर्षीया छोरी सोनम कुमारी कामैत रहेकी छन् ।
घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा बुधबार दिउँसो आफ्नै आमासित नुहाउन गएको बेला डुबेर बालिकाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page