समाज

सप्तरीमा खेतमा जमेको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) , ९ भदौ । सप्तरीमा खेतमा जमेको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १० ईनर्वा बस्ने रामलखन खंगको छोरी अन्दाजी अढाइ वर्षकी अञ्जलीकुमारी मण्डलको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।
घर देखि दुई सय मिटर उत्तरमा रहेको स्थानीय कमल मण्डलको खेत छेउमा रहेको जग्गामा जमेको पानीमा डुबरे बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी टोलि पुगेर शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page