स्वास्थ्य

थप २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि , १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९ सय २ जना तथा ४ हजार ३ सय ४१ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जना गरी जम्मा २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ३० जना पुगेको छ ।
देशभर जम्मा ३५ हजार ८ सय ७४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page