समाज

सप्तरीको महदेवा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनरुप, १४ भदौ । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका १ पकरीका बेचन सदाको ५३ वर्षीया श्रीमती अमिरका सदा रहेकी छन् ।
पानी लिन कल तर्फ जाने क्रममा आइतबार राति मोटरमा जोडीएको बिजुलीको तारमा खुट्टा पर्न गई करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उनको राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page