स्वास्थ्य

नेपालमा थप १ हजार ६ सय ६४ जनामा कोरोना सङ्क्रमण , २० जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट आज थप १ हजार ६ सय ६४ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १ सय १७ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २३ जना तथा ३ हजार १ सय ५ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना भाइरसबाट आज थप १ हजार ७ सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् ।
आज थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या १० हजार ७ सय ५० पुगेको छ ।
नेपालमा ३५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page